धौलागिरी लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल, ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्दै

४ बर्ष अगाडि

काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणलाई ३ लाख ३१ हजार कित्ता शेयर निष्कासन गर्दैछ । धौलागिरी लघुवित्त वित्तिय संस्था लिमिटेड नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । 

प्रधान कार्यालय बागलुङ्ग जिल्लाको बागलुङ्ग नगरपालिका वार्ड नं. २, नगर टोलमा अवस्थित यस संस्थाले २०७५ फाल्गुण १ देखि वित्तिय कारोबार गर्दै आइरहेको छ ।

हाल यस संस्थाले २० जिल्लामा ४६ वटा शाखा मार्फत करिब ३४,५०० सदस्यहरूलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया