आइएमई जनरल इन्स्योरेन्सले फागुन २२ बाट  ४६ लाख ३० हजार बढि कित्ता हकप्रद सेयर निष्कासन गर्ने, कहाँबाट दिने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २२ गतेबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले १:०.४० अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । 

कम्पनीले चुक्ता पूँजीको ४० प्रतिशत अर्थात ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँ बराबरको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।

कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि फागुन १ गते, आइतबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, माघ २७ गते, बिहीबारसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, आइएमई जनरल इन्स्योरेन्सका कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

कम्पनीको हकप्रदमा चैत्र १३ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ । 

४ बर्ष अगाडि

प्रतिक्रिया