एमसीसी पास गर्ने वा नगर्ने विषयमा आज निर्णायक छलफल हुँदै, सहयात्री दलनै बिरोधमा उत्रिँदा प्रधानमन्त्री देउवा समस्यामा

३ बर्ष अगाडि

काठमाडौं - एमसीसी पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज बिहीबार निर्णायक छलफल हुँदैछ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग बिहीबार दिउँसो ३ बजे हुने छलफलबाट एमसीसीबारे छिनोफानो हुनेछ ।

बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि देउवाको एमसीसी जसरी नि टेबल गर्ने योजना सफल हुन सकेन ।

गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् । 

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने उनको भनाइ थियो । एक्ला एक्लै भएको भेटबारे दुवै नेताले आफूहरु निकट नेतालाई जानकारी गराएका थिए । 

गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दलनै बिरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो । पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरँदा सहयात्री दलको यस्तो निर्णयले समस्या पर्ने बताए । 

३ बर्ष अगाडि

प्रतिक्रिया