काठमाडौं - आगामी तीन महिनाको लागि औसत मुद्रास्फीति दर ८ प्रतिशत रहने अनुनमान गरिएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको मुद्रास्फीति अपेक्षा सर्वेक्षण (आईएस) को नतिजाले यस्तो देखाएको हो ।
जुन वर्तमान मुद्रास्फीति दर १० प्रतिशत भन्दा कम हो । एक वर्ष अगाडि गरिएको सर्वेक्षणमा मुद्रास्फीति दर १० प्रतिशत रहेको थियो जुन अहिलेको दरसँग समान छ ।
आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमास लक्षित सर्वेक्षण २०७८ को पुस २१ देखि २७ सम्म १७ सहरमा अवस्थित बजार क्षेत्रमा गरिएको थियो । कुल ७२० जनामा गरिएको सर्वेक्षणमा ९१.९ प्रतिशतले आगामी तीन महिनामा उपभोग्य सामग्री तथा सेवाको मूल्य वृद्धि हुने अनुमान गरेका छन् ।
त्यसै गरी ९७.१ प्रतिशतले आउँदो वर्षमा सेवा तथा सामग्रीको मूल्य बढ्ने अनुमान गरेका छन् ।
प्रतिक्रिया