च्याम्पियन्स लिग : ६ पटकको विजेता बायर्न हारबाट जोगियो, लिभरपुल क्वाटरफाइनल प्रवेशका लागि बलियो बन्यो

३ बर्ष अगाडि

एजेन्सी - ६ पटकको विजेता बायर्न म्युनिख च्याम्पियन्स लिगमा हारबाट जोगिएको छ । बुधबार राति रेडबुल साल्जबर्गविरुद्धको खेलमा किंग्लसले कोमानले खेलको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई स्तब्ध हुनबाट जोगाएका हुन् । 

कोमानले खेलको ९० औँ मिनेटमा थोमास मुलरको पासमा गोल गरेपछि अन्तिम–१६ खेलको पहिलो लेग १–१ को बराबरीमा सकियो । यसअघि पहिलो हाफमा चुक्वुबुइके अडामुले गोल गर्दै साल्जबर्गलाई अग्रता दिलाएका थिए । टोली पहिलो पटक प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको हो ।

उता, बायर्न केही दिनअघि मात्र बुन्डेस लिगामा घरेलु मैदानमा बोचुमसँग ४–२ गोलले पराजित भएको थियो । बुधबारको खेलमा पराजित भएको भए बायर्नले सन् २०१९ पछि पहिलोपटक लगातार दुई खेलमा हार बेहोर्ने थियो ।

यस्तै लिभरपुलले इन्टर मिलानलाई सानसिरोमा २–० ले हराएर एक पाइला क्वाटरफाइनलमा चालेको छ । दुवै गोल खेलको अन्त्यतिर भएका थिए । खेल गोलरहित बराबरीतर्फ अग्रसर भएको बेला ब्राजिली खेलाडी रोबर्टो फिरमिनोले पहिलो गोल गरे । 

मोहमद सलाहले दोस्रो गोल थपे । अब अन्तिम १६ को दोस्रो लेगको खेल मार्च ८ मा एनफिल्डमा हुनेछ र लिभरपुल क्वाटरफाइनल प्रवेशका लागि बलियो प्रत्यासी बनेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया