प्रेम सम्बन्धका कारण चर्चामा रहने अभिनेतामा सलोन बस्नेत फिल्म ‘लभ सब’ मा एकसाथ काम गर्ने क्रममा अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा डुबेका थिए । पछि उनीहरुको ब्रेकअप भयो । केही समयमै फेरि उनीहरु मिले र अर्को फिल्म ‘बाबु कान्छा’ मा काम गरे । तर, फिल्म डुबेसँगै यो जोडीको प्रेममा पनि ग्रहण लाग्यो । अन्ततः उनीहरु अलगिए ।
तर, एउटी करिश्माबाट अलग भएपनि उनको जीवनमा अर्की करिश्माको आगमन भएको छ । यतिबेला सलोन एयर होस्टेज करिश्मा केसीको प्रेममा रमाइरहेका छन् । उनले ‘भ्यालेनटाइन डे’ मा करिश्मासँगको तस्विर इन्स्टामा पोस्ट गर्दै प्रेम सम्बन्ध खुलाएका हुन् । यो जोडी दुई वर्षदेखि प्रेममा रहेको जानकारी प्राप्त छ ।
करिश्मा केसीले इन्स्टाग्राममा सलोनसँगका तस्विरहरु बाक्लै पोस्ट गरेकी छन् । उनीहरुले ‘यति माया गर्दा पनि’ बोलको एक म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् । सलोन, करिश्मासँग चाँडै लगनगाँठो कस्ने योजनामा रहेको स्रोतले बताएको छ ।
प्रतिक्रिया