काठमाडौं, इमर्जिङ नेपाल लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड कार्निभल रेष्ट्रो, अनामनगर, काठमाडौँमा सम्पन्न भएको हो ।
गोलाप्रथाबाट बाँडफाँड भएको सेयरमा लक्की नम्बर ८ र ३ रहेको छ । ८ र ३ नम्बरलाई नै आधार बनाएर बाँडफाँड गरिएको छ ।
मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको रद्द थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । थप ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।
कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर ९आईपीओ० निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।
प्रतिक्रिया