इमर्जिङ नेपालको आईपीओ बाँडफाँड, यी ४ तरिकाबाट हेर्ने सकिने रिजल्ट

४ बर्ष अगाडि

काठमाडौं, इमर्जिङ नेपाल लिमिटेडको सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड आज सम्पन्न भएको छ । उक्त आईपीओको बाँडफाँड कार्निभल रेष्ट्रो, अनामनगर, काठमाडौँमा सम्पन्न भएको हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाको रद्द थिए । गोलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका छन् । थप ८ जनाले ११ कित्ता सेयर पाएका छन् ।

कम्पनीलेमाघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएको छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको वेभसाइट  (https://www.nicasiacapital.com/) , इमर्जिङ नेपाल लिमिटेडको वेभसाइट (https://emergingnep.com/)   र  मेरो सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया