तीन कम्पनीको शेयर खरिदमाग उच्च,एनआईस्री एसिया ब्यालेन्स फण्डको मात्र साढे ८ लाख बढी

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा तीन कम्पनीको शेयर खरिदमाग उच्च रहेको छ ।

आज कारोबार सुरु भएको पौने ४ घण्टाको अवधीसम्म एनआईस्री एसिया ब्यालेन्स फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको हो । कम्पनीको ८ लाख ६१ हजार ४०० कित्ता शेयर खरिद माग भएको छ ।

यस्तै, सोही अवधीसम्म कुमारी इक्विटी फण्डको ४ लाख ९ हजार ८८७ शेयर खरिद माग भएको छ  भने सिद्धार्थ इक्विटी फण्डको ४ लाख ३ हजार ८०० कित्ता शेयर खरिदमाग भएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया