काठमाडौं, जानकी फाइनान्सको २५ औं वार्षिक साधारण सभा शनिबार (फागुन ७ गते) मा हुने भएको छ । सभा होटल मानकी इन्टरनेशनल प्रालि, शिवचोक जनकपुरमा बिहान १० बजे सुरु हुनेछ ।
कम्पनीले १५ प्रतिशत बोनस शेयर र ०.७८ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने प्रस्ताव पनि पेस गर्नेछ ।
चालु आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले सोमबार माघ २४ गतेबाट फागुन ६ गते सम्म बुक क्लोज गरेको छ । यसर्थ, माघ २३ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।
प्रतिक्रिया