सूर्या लाइफद्वारा ३ लाख ६६ हजार बढि बीमा दावी भुक्तानी

४ बर्ष अगाडि

काठमाडौं - सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दावी भुक्तानी गरेको छ । पश्चिम नवलपरासी शाखाले बीमक राधा कुमारी बसेलका पति बोलराम बसेललाई ३ लाख ६६ हजार ८ सय रुपैयाँमा बिमा रकम भुक्तानी गरेको हो । 

सुनवल १ प्रगतिटोल निवासी राधा कुमारी बसेलले गत वर्ष असार दोस्रो हप्तामा कम्पनीमा बीमा गरेकी थिइन् । बीमा गरेको एक वर्ष नबित्दै राधा कुमारी बसेलको असामयिक निधन भएको थियो । 

बसेलले ३ लाखको बिमा गर्दाको समयको एक किस्ता मात्र २४ हजार ८०८ रुपियाँ रकम बीमा कम्पनीलाई बुझाएकी थिइन् । उनको निधनपछि उनका पति बोलराम बस्यालले बीमाको सम्पूर्ण भुक्तानी पाएका हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया