काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ बाडँफाडँ भइसकेको छ । शेयरधनीहरुलाई कम्पनीको आईपीओ ओपनिङ रेञ्ज कति पाउला भनेर थाहा पाउन आतुर रहेका छन् ।
कम्पनीले माघ २१ गतेदेखि माघ २५ गतेसम्म निष्काशन गरेको आइपीओ बाँडफाँड फागुन १ गते भइसकेको छ । मागभन्दा धेरै आवेदन परेको हुनाले आइपीओ गोलाप्रथाद्धारा बाँडफाँड गरिएको थियो । आवेदन अवधिको अन्तिम दिनसम्म २७ लाख ९ हजार ८ सय ५५ जनाले आवेदन दिएर संस्थाको आइपीओले नयाँ रेकर्ड कायम गरेको थियो । सो मध्येबाट ४८ हजार ७ सय ९० जनाले मात्र १० कित्ताका दरले शेयर प्राप्त गरेको थिए ।
संस्थाले पहिलो कारोबारका लागि प्रतिशेयर न्युनतम ३७९ रुपैयाँ ८६ पैसादेखि अधिकतम १०३९ रुपैयाँ ५८ पैसा सम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ ।
नेप्सेले पहिलो कारोबारका लागि कुनै पनि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको तीनगुणासम्म तोक्नेछ गर्दछ । यसथै जाल्पा सामुदायिक लघुवित्तको वास्ताविक प्रतिशेयर नेटवर्थ ३७९ रुपैयाँ ८६ पैसा रहेको छ ।
प्रतिक्रिया