काठमाडौं - अमेरिकी अनुदान सम्झौता एमसीसीसम्बन्धी प्रस्ताव पारित गर्न बुधवार संसद्मा पेस हुनसक्ने विवरणमाझ नेपालमा राजनीतिक गतिविधिहरू तीव्र रूपमा विकास भइरहेका छन् ।
विभिन्न दलहरूले आन्तरिक छलफलमा गरिरहेका छन् भने प्रतिनिधिसभा बैठकअघि बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले के निर्णय गर्छ भन्नेमा पनि धेरैको चासो रहेको छ ।
विभिन्न सञ्चारमाध्यमहरूमा बुधवारै एमसीसीसम्बन्धी प्रस्ताव संसद्मा पेस हुने विवरणहरू आएका छन् । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित दैनिक कार्यसूचीमा भने बुधवार एमसीसीबारे प्रस्ताव पेस गर्ने कुरा राखिएको छैन ।
उता आठवटा साना कम्युनिस्ट दलहरूले एमसीसीको विरोधमा बुधवार नेपाल बन्दको घोषणा गरेका छन् र त्यसको विभिन्न स्थानमा प्रभाव पनि परेको खबर छ । नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले कार्य व्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले बुधवारै एमसीसी प्रतिनिधिसभामा पेस गराउनका निम्ति जोड दिने बताइन् ।
यत्ता नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने भएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने निष्कर्ष निकालेको हो ।
एमसीसीको प्रस्तावबारे सत्ता गठबन्धनका दलबीच नै एक मत नदेखिएका बेला प्रमुख प्रतिपक्षी दल एमालेले चाहिँ संसद् बैठक अवरुद्ध पार्ने काम जारी राख्ने बताएको छ ।एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने कि नगर्ने भन्नेबारे माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी अलमलमा छ ।
प्रतिक्रिया