साना किसान विकास लघुवित्तले माग्यो कर्मचारी, कहिलेसम्म दिनुपर्ने आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं- साना किसान विकास लघुवित्त वित्तीय संस्थाले  ३ पदमा कर्मचारी माग गरेको छ ।

संस्थाले नविकरणीय उर्जा विज्ञमा १ जना, परियोजना संयोजनमा १ जना र फिल्ड प्रशिक्षकमा १ जना गरी ३ जना कर्मचारी माग गरेको हो । संस्थाका अनुसार उक्त पद २०७९ असार मसान्तसम्म कायम रहनेछ ।

सम्झौता अवधि कायम रहेसम्म लागू हुने गरी २० लाख दुर्घटना बीमा र १ लाख स्वास्थ्य बीमा हुने संस्थाले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको ७ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय काठमाडौं र संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन्  ।

४ बर्ष अगाडि

प्रतिक्रिया