काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक ५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५३.३० अंक बढेर २७५४.२८ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.०८ अंक बढेर २७५९.३७ विन्दुमा पुगेको छ। यस दिन प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ।
बुधबार प्रि ओपन सेसनमा २४ कम्पनीको २६ लाख ७८ हजार ५२ रुपैयाँ बराबरको ४ हजार ९२९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ४ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।
प्रतिक्रिया