काठमाडौं,लुम्बिनी विकास बैंकले संस्थापक शेयर विक्री गर्ने भएको छ ।
कम्पनीले बुधवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनी चिनपाल रौनियारको नाममा रहेको ३० हजार कित्ता शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।
उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र सो सम्बन्धि विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन अनुरोध गरेको छ ।
प्रतिक्रिया