दुई पटक कोरोना संक्रमण भएर निको भएका चर्चित बलिउड संगीतकार तथा गायक बप्पी लहरीको निधन

३ बर्ष अगाडि

काठमाडौं - बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ । लहरीको ६९ वर्षको उमेरमा मुम्बईस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती ११ बजे निधन भएको हो ।

दुई पटक कोरोना संक्रमण भएर निको भएका उनी लामो समयदेखि अस्वस्थ थिए । चिकित्सकका अनुसार उनी ओएसएका विरामी थिए । बलिउडमा आफ्नो पचास वर्ष लामो करियरमा ६ सय ५० भन्दा बढि फिल्म तथा सयौं गीति एल्बममा संगीत दिइसकेका बप्पी लहिरी संगीतकारका साथै गायक पनि हुन् ।

उनले सन् १९७०-८० को दशकमा फिल्ममा डिस्को थीमवाला कयौं गीत दिएका थिए ।

३ बर्ष अगाडि

प्रतिक्रिया