नेपाल बंगलादेश बैंकको शेयर बिक्री गरी आइएफआइसी बैंकले ६ अर्ब १८ करोड ७० लाख ७ लैजाने

४ बर्ष अगाडि

काठमाडौं - बंगलादेशको आइएफआइसी बैंकले नेपाल बंगलादेश बैंकको शेयर बिक्री गरेर ६ अर्ब १८ करोड ७० लाख ७ हजार ५६८ रुपैयाँ लैजाने भएको छ । आइएफआइसीले विनोद चौधरीको श्रीमति सारिका चौधरीलाई शेयर बिक्री गरेको जानकारी दिएको छ ।

आइएफआइसीले गत असारमा आफ्नो नाममा रहेको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता शेयर बिक्रीका लागि आह्वान गरेको थियो । उक्त प्रकृयाँ अगाडी बढाउन अघि नै नविल बैंकले नेपाल बंगलादेश बैंक प्राप्त गर्ने पुर्व सर्त सहित विनोद चौधरीले शेयर खरिद गर्ने सहमति भएको थियो ।

शेयर खरिदको प्रकृयाँ अगाडी बढिरहेकै समयमा नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त गर्ने सहमति गरेकाले तत्काल शेयर नामसारी नहुँने भएको छ । मर्जर प्रकृयाँ सफल भए पछि मात्रै उक्त ६ अर्ब १८ करोड रुपैयाँ आइएफआसीले लैजान पाउने छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया