एभरेष्ट बैंकले बिक्री खुल्ला गरेको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बाँडफाँड

४ बर्ष अगाडि

काठमाडौं - एभरेष्ट बैंक लिमिटेडले माघ ३ गते, सोमबारबाट माघ १७ गतेसम्म बिक्री खुल्ला गरेको ऋणपत्र बाँडफाँड गरेको छ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बिक्री खुल्ला गरेको थियो । 

कुल २० लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १२ लाख कित्ता र सर्वसाधारणका लागि ८ लाख कित्ता  बिक्री गरेको थियो । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो ।

कम्पनीको सञ्चालक समितिले उक्त अवधिभर रितपूर्वक प्राप्त भएका आवेदनहरूबाट ८ लाख ५६ हजार ७ सय ८३ कित्ता ऋणपत्र फागुन ३ गते, मंगलबार बाँडफाँड गरेको हो ।

बैंकको ऋणपत्रमा निष्कासन तथा बिक्री प्रवन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गरेको थियो । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया