आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी टेबुल होला ?

४ बर्ष अगाडि

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको हो ।

उक्त बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल गर्ने तयारी भइरहेको छ । तर, हिजो संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी उल्लेख छैन् ।

प्रतिनिधि सभाको बैठक बस्नु अघि नै बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । उक्त बैठकपछि एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने थाहा हुने स्रोतको दाबी छ ।

सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्ने प्रस्ताव गरेको छ । अन्य सरकारमा सहभागी दलका नेताबीच पनि एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबुल गर्ने समझदारी बनेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया