निसानको द अल–न्यु नभारा विभिन्न ५ भेरिएन्टमा बजारमा, बजार मूल्य ९५ लाखदेखि १ करोड १६ लाख सम्म

३ बर्ष अगाडि

काठमाडौं- निसानले हिजो (मंगलबार) नेपाली बजारमा द अल–न्यु नभाराको ‘लाइफस्टाइल एडिसन’ नभारा प्रो फोरएक्स लन्च गरेको छ । 

द अल–न्यु नभारामा नयाँ फ्रन्ट (बम्पर, ग्रिल, हेडल्याम्प, हुड) इन्टेरियर मेटरियल र डेकोरेसन प्रयोग गरिएको छ भने बेड हाइट बढाइएको र नयाँ स्टेयरिङ ह्विलको प्रयोग गरिएको छ । त्यसैगरी यसमा थिन–फिल्म ट्रान्सलेटर मिटर र एड्भान्स्ड इन भेइकल इन्फोटेनमेन्ट प्रयोग गरिएको छ ।

नभारामा इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ, भेइकल डाइनामिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम र हाई बिम असिस्टलगायतका सेफ्टी फिचर उपलब्ध छ । नभारामा बेटर फ्युल इकोनोमी, ह्यान्डलिङ र राइड कम्फर्टका साथै डाइनामिक पर्फमेन्स र सेफ्टी उपलब्ध छ । त्यसैगरी यसमा आर्म रेस्ट, बेड फङसनालिटी, अफरोड मोनिटर सहितको इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर र पेलोड इन्ह्यान्समेन्ट सहितको आकर्षक फिचर छ । यी सबै नयाँ फिचरका कारण यो गाडी अल्टिमेट ट्राभल र वर्कसाइट पार्टनर बनाउन योग्य छ र अप्टिमल रुम, कम्फर्ट, सेफ्टी र सहजताका कारण जस्तोसुकै सडकमा पनि चुनौतीको सामना गर्न तयार छ ।

द अल–न्यु नभारामा नयाँ फिचरको रुपमा बडी–कलर्ड फ्रन्ट बम्पर (अफरोड), एलईडी हेडलाइट –ब्ल्याक र सिग्नेचर, ब्ल्याक रियर बम्पर (स्टेप) र एफआर फगलाइट (एलईडी) रहेका छन् ।

द अल–न्यु नभारा विभिन्न ५ भेरिएन्टमा उपलब्ध हुनेछ र यसको मूल्य यस प्रकार तोकिएको छ स्
2.5D Navara LO MT-  ९५ लाख ४९ हजार रुपैयाँ
2.5D Navara-HI AT - १ करोड १३ लाख रुपैयाँ
2.5D Navara- LO AT - ९७ लाख ४९ हजार रुपैयाँ
2.5D Navara- HI MT -  १ करोड ११ लाख रुपैयाँ
2.5D Navara Offroad- HI AT - १ करोड १६ लाख रुपैयाँ

बाहिरी भाग (एक्सटेरियर) ठूलो र रिडिजाइन गरिएको ग्रिल, थ्रीडी ट्रिम पिस, ट्रेडमार्क भी–मोसन ग्रिल, नभारा ब्रान्डिङ सहितको प्रोमिनेन्ट क्रोम ट्रिम, सार्पर एलईडी डेटाइम रनिङ लाइट, अलि ह्विल आर्चमा एक्स्ट्रा बडी क्लेडिङ र नयाँ अप्सनको रुपमा सिक्स–स्पोक टु–टोन अलोय ह्विल गरिएको छ।

यस्तै नयाँ थप फिचरको रुपमा निसान इन्टेलिजेन्ट मोबिलिटी, इन्टेलिजेन्ट इमर्जेन्सी ब्रेकिङ र अफरोड मोनिटरको रुपमा स्ट्यान्डर्ड इन्टेलिजेन्ट अराउन्ड भ्यु मोनिटर रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया