काठमाडौं- वाणिज्य बैंकहरुको निक्षेप माघ महिनामा घटेको छ।
नेपाल बैंकर्स संघका अनुसार गत पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप घटेको हो ।
तथ्यांकअनुसार पुसको तुलनामा माघ महिनामा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ। गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब २४ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म घटेर ४३ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।
यसैगरी वाणिज्य बैंकहरुको कर्जा लगानी भने गत पुसको तुलनामा माघ महिनामा १२ अर्ब रुपैयाँले बढेको छ। गत पुस मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा माघ मसान्तसम्म बढेर ४१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ।
प्रतिक्रिया