भारतीय सेयर बजारमा एक वर्षयताकै उच्च वृद्धि, लगानीकर्ताको सम्पत्ति एकैदिन भारु ६.७६ लाख करोडले बढ्यो

४ बर्ष अगाडि

एजेन्सी - भारतीय सेयर बजारमा एक वर्षयताकै ठूलो उछाल आएको छ । 

धितोपत्र कारोबार हुने साताको दोस्रो दिन मंगलबार भारतीय सेयर बजारमा भारी अंकको बढोत्तरी भएको हो । बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स १७३६ अंक अर्थात ३.०८ प्रतिशतले वृद्धि भएको छ । जुन गत वर्ष फेब्रुअरी १ यताकै एक दिनको उच्च वृद्धि हो । 

योसँगै आज सेन्सेक्स ५८१४२ को विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै नेसनल स्टक एक्सचेन्जको निफ्टी पनि ५०९ अंकले बढेको १७३५२ को विन्दुमा पुगेको छ । 

मंगलबार भारतीय सेयर बजारमा वित्तीय र आईटी कम्पनीका सेयरभाउमा उल्लेख्य वृद्धि भएको छ । लगानीकर्ताको सम्पत्ति मंगलबार एकैदिन भारु ६.७६ लाख करोडले बढेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया