काठमाडौं - वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रण गर्न प्रहरी परिचालन भएको छ । वैदेशिक रोजगारमा हुने अनियमितता तथा ठगी नियन्त्रणका लागि नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्यूरोबाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा सात सदस्यीय प्रहरी टोली परिचालन गरिएको ब्यूरोले जनाएको छ ।
मंगलवार बिहानैदेखि सादा पोशाकमा प्रहरी टोली परिचालन भएको छ । विभागसँगको समन्वयमा टोलीले काम गर्ने जनाइएको छ । केहीअघि भिजिट भिसामा गएर मानिस ठगिएको गुनासो आएपछि गृह मन्त्रालयको समेत ध्यानाकर्षण भएको थियो ।
टोलीलाई उजुरी लिने, अनुसन्धान गर्ने तथा पक्राउ गर्नेसम्मको अधिकार दिइएको छ । हाल टोली सादा पोशाकमा रहेको र आवश्यकतानुसार परिचालन हुने ब्यूरोले जनाएको छ ।
प्रतिक्रिया