इमर्जिङ नेपाल लिमिटेडले सर्वसाधारणहरुका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) को बाँडफाँड आज हुने भएको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओको बाँडफाँड भोलि दिउँसो ३:३० बजेदेखि कार्नीभल रेष्ट्रो, अनामनगर, काठमाडौँमा हुनेछ ।
माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्कासनमा आएको आईपीओमा अन्तिम दिनसम्ममा २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि माग गरिएको भन्दा ५३.८७ गुणा धेरै हो । मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
प्रतिक्रिया