रोनाल्डो र ब्रूनोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी, उक्लीयो चौथो स्थानमा

३ बर्ष अगाडि

एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गए राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनलाई २–० ले पराजित गरेको हो । युनाइटेडका लागि ५१ औँ मिनेटमा क्रिष्टियानो रोनाल्डोको गोल गरे । त्यस्तै ५४ औँ मिनेटमा डङ्कले सिधै रातो कार्ड पाएपछि ब्राइटन १० खेलाडीमा सीमित भयो ।

इन्जुरी समयको सातौँ मिनेट अर्थात ९७ औँ मिनेटमा युनाइटेडका लागि ब्रूनो फेर्नान्डेजले गोल गरेर टिमलाई २–० को जित दिलाएका हुन् । जितपछि २५ खेलबाट ४३ अंकसहित युनाइटेड चौथो स्थानमा पुगेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया