नेइमारको सहयोगमा एमबाप्पेले गोल गर्दा पिएसजीले हरायो रियल मड्रिडलाई

३ बर्ष अगाडि

एजेन्सी - पेरिस सेन्ट जर्मेन ९पिएसजी० ले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा विजयी भएको छ । पिएसजीले स्पेनिस क्लब रियल म्याड्रिडलाई हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । पिएसजीका लागि मेस्सीले दोस्रो हाफमा गोल गर्ने मौका पाए पनि गर्न सकेनन् ।

६२ औँ मिनेटमा पाएको पेनाल्टीमा लियोनल मेस्सीले गोल गर्न नसकेका हुन् । तर इन्जुरी समयमा केलियन एमबाप्पेको गोलबाट पिएसजीले जित निकालेको हो । 

इन्जुरी समयको चौथो अर्थात ९४ औँ मिनेटमा एमबाप्पेले गोल गरेका हुन् । सो गोलका लागि नेइमारले सहयोग गरे । चोटका कारण नोभेम्वर यता पहिलोपटक मैदान छिरेका नेयमार ७२औं मिनेटमा एन्जल डि मारियाको स्थानमा मैदान प्रवेश गरेका थिए। 

दोस्रो लेगमा पिएसजीले रियल मड्रिडसँग उसको मैदानमा खेल्ने छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया