आन्तरिक उडान गर्ने यात्रुले अब अनिवार्य प्रिन्टेड टिकट नै बोक्नुपर्ने

३ बर्ष अगाडि

काठमाडौैं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब प्रिन्टेड टिकट नै बोक्नुपर्ने भएको छ ।

 विमानस्थल प्रशासनले मंगलबारदेखि नयाँ नियम लागू गर्दै अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका हुन ।

खासगरी आजदेखि विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक समेत लगाएको छ ।

यस अघि मोवाइलमा टिकट नम्बर मात्र लिएर आउने यात्रुलेपनि प्रवेश पाउने गरेका थिए । 

३ बर्ष अगाडि

प्रतिक्रिया