काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) शेयर बजारमा हरियाली छाएको छ । नेप्सेमा ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमालयन डिस्टिलरीको भएको छ । कम्पनीको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेशनल हाइड्रोपावरको १८ करोड ५३ लाख, एनटिसीको १८ करोड २१ लाख, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ५३ लाख र जीवन विकास लघुवित्तको १३ करोड २८ लाख भन्दा माथिको कारोबार भएको छ ।

प्रतिक्रिया