न्यून लगानीमा अधिकतम जोखिम बहन गर्ने ‘नेपाल लाइफ आइइन्स्योर’ जीवन बीमा योजना

४ बर्ष अगाडि

काठमाडौं- नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पु¥याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको हो ।   

प्रत्येक ब्यक्तिले आफु रहँदा पनि र आफु पछि पनि आफ्नो परिवारको उज्जवल भविश्यको परिकल्पना गरेको हुन्छ । तर जीवन अनिश्चित छ, कुनै पनि समयमा घट्न सक्ने अकल्पनिय घटनाले पारिवारीक जीवनशैलीलाई नै परिवर्तन गर्छ । सबै ब्यक्तिलाई आफूपछि परिवारमा आर्थिक संकट नपरोस् र आफूले गरेको लगानीको पनि सुनिश्चिता होस् भन्ने चाहना हुन्छ । यहि चाहना पूरा गर्न नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले न्यून लगानीमा अधिक जोखिम बहन गर्नुको साथै आफूले गरको लगानीको पनि सुनिश्चतता हुने नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना ल्याएको छ । 

न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चितता हुनु यो योजनाको मुख्य विशेषता हो ।
विशेषताहरुः
नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना मुनाफामा सरिक नहुने म्यादी जीवन बीमा योजना हो । १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्ति यो जीवन योजनामा सामेल हुन सक्नेछन् । न्यूनतम ५ वर्षदेखि अधिकतम २५ वर्षसम्मको बीमा अवधि लिन सकिने आइइन्स्योर जीवन बीमामा बीमा समाप्ति अधिकतम उमेर भने ६५ वर्ष कायम गरिएको छ । आफ्नो आम्दामी वा सुविधाका आधारमा वार्षिक, अर्धवार्षिक , त्रैमासिक , मासिक र एकमुष्ठ तरिकाले बीमा शुल्क भुक्तानी गर्न सकिने छ । न्यूनतम बीमाङ्क रकम रू.एक लाखदेखि अधिकतम बीमाङ्क रकम रू.एक करोड सम्मको बीमा गर्न सकिने छ । 
उदाहरण :
३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ मासिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा मासिक रु.५ हजार २०६ बीमा शुल्क मात्र लाग्ने छ । त्यस्तै ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ वार्षिक बीमा शुल्क भुक्तानि तरिका छनोट गर्दा वार्षिक रु. ५८ हजार ३१० बीमा शुल्क मात्र लाग्ने छ । ३० वर्ष उमेरको व्यक्तिले २० वर्षे अवधिको रु. १ करोड बीमाङ्क रकमको नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना लिइ एकमुष्ट बीमा शुल्क भुक्तानी गर्दा रु.७ लाख ३२ हजार १०५ बीमा शुल्क मात्र लाग्ने छ ।

यस योजनामा समावेश भएका सुविधाहरु :    
बीमा शुल्क तिर्ने तरिका अनुसार छुट वा थप शुल्कको व्यवस्था गरिएको छ । जस अनुसार वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा १% छुट, अर्ध वार्षिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा छैन, त्रैमासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गर्दा ३ % थप र मासिक बीमा शुल्क भुक्तानी तरिका छनौट गदा ६ % थप शुल्क लाग्नेछ । त्यसैगरी बीमाङ्कको आधारमा समेत छुटको व्यवस्था गरिएको छ । रु. २५ लाख सम्मको बीमाङ्कमा छुटको व्यवस्था छैन भने रु. २५ लाख भन्दा माथि बीमाङ्कको बीमा शुल्कमा १% छुटको व्यवस्था गरिएको छ । 

समर्पण तथा कर्जा सुविधा
वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मिति बाट ३ वर्ष पुरा भए पश्चात सम्र्पण मूल्य प्राप्त गर्न सकिनेछ । 
तर यस जीवन बीमा योजनामा कर्जा सुविधा उपलब्ध छैन । 

दुर्घटना मृत्यु लाभ सुविधा (ADB) : (ऐच्छिक)
१८ वर्षदेखिका बीमितले अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर अधिकतम रू एक करोडसम्मको दुर्घटना मृत्यु लाभ (ब्म्द्य० ऐच्छिक सुविधा लिन सक्नेछन् ।

बीमाङ्क रकम भुक्तानी पाउने अवस्था :

पूर्ण अवधि भुक्तानि (Maturity Benefit) :
बीमालेख चालु रही बीमा अवधि भुक्तानी पश्चात (ःबतगचष्तथ ० सम्म बीमित जीवित रहेमा बीमितले भुक्तानी गरेको बीमाशुल्क बराबरको  रकम (ऐच्छिक सुविधा लिनेको हकमा ऐच्छिक सुविधा बापत तिरेको रकम बाहेक)  बीमितलाई फिर्ता दिइने छ ।

मृत्यु दावि भुक्तानि (Death  Benefit):
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटना बाहेक अन्य जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमीतले भुक्तानी गरेको बीमा शुल्क रकम मात्र फिर्ता दिइने छ ।
बीमालेख चालु भएको एक वर्ष भित्र दुर्घटनाको कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

बीमालेख चालु भएको एक वर्ष पश्चात बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी दिइने छ ।

यदि दुर्घटना मृत्यु लाभ सुविधा (ADB ) लिएको बीमालेखमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम तथा दुर्घटना मृत्यु लाभ सुविधा बापतकोे बीमाङ्क रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया