नेप्सेमा आज ४ कम्पनीको बोनस शेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा ४ कम्पनीको २ करोड ३४ लाख बढी कित्ता शेयर सूचीकृत भएको हो । 

नेपाल इन्भेस्टमेन्ट बैंक, मेरो माइक्रोफाइनान्स, महिला लघुवित्त र सिभिल लघुवित्तको कुल २ करोड ३४ लाख ३७ हजार १४८.८५१ बोनस शेयर सूचीकृत भएको छ। जसमा नेपाल इन्भेस्टमेन्ट बैंकको २ करोड ५ लाख २ हजार ११८.२३ कित्ता, मेरो माइक्रोफाइनान्सको २० कित्ता, महिला लघुवित्तको ४ लाख ७५ हजार कित्ता र सिभिल लघुवित्तको ४ लाख ६० हजार ३०।६२१ कित्ता बोनस शेयर छन्।

यी चारवटै कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो। 

गत आर्थिक वर्षका लागि नेपाल इन्भेस्टमेन्ट बैंकले १२.६११ प्रतिशत, मेरो माइक्रोफाइनान्सले २० प्रतिशत, महिला लघुवित्तले ४७.५ प्रतिशत र सिभिल लघुवित्त १९ प्रतिशत बोनस शेयर वितरण गरेका थिए। 

४ बर्ष अगाडि

प्रतिक्रिया