काठमाडौं- नेपाल कृषि सहकारी केन्द्रीय संघले विभिन्न पदमा कर्मचारीको माग गरेको छ ।
संघले परियोजना संयोजकका लागि १ जना र फिल्ड प्रशिक्षकका लागि ८ जना कर्मचारी माग गरेको हो ।
परियोजना संयोजकका लागि स्नातकोत्तर उत्तीर्ण भई सहकारीको संस्थागत विकास,ब्यवस्थापन,सुदृढिकरण र लघुवित्त सम्बन्धी कम्तीमा ५ वर्षको कार्य अनुभव हुनुपर्नेछ ।
यस्तै,फिल्ड प्रशिक्षक स्नातकोत्तर तह( कम्तीमा २ वर्ष कार्य अनुभव) वा स्नातक तह (कम्तीमा ३ वर्ष कार्य अनुभव) वा १०. २ तह (कम्तीमा ५ वर्ष कार्य अनुभव) उत्तीर्ण भई बैंक वा वित्तिय संस्था वा सहकारीमा रही सहकारीको संस्थागत विकास, व्यवस्थापन,सुदृढिकरण लघुवित्त सम्बन्धी उल्लेखित कार्य अनुभव हुनुपर्नेछ ।
ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिको १५ दिनभित्र आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया