काठमाडौं- विन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १७ लाख ४४ हजार मात्र नाफा आर्जन गरेको छ । लघुवित्तले हालै सार्वजनिक गरेको वित्तीय विवरणले यस्तो देखाएको छ ।
गत वर्ष यसै अवधिमा कम्पनीले ८५ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
लघुवित्तको नाफा गत वर्षको भन्दा ७९.७० प्रतिशतले कम हो ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी ४.९१ प्रतिशतले बढेर २ करोड ३३ लाख ९७ हजार रुपैयाँ कमाएको छ । यस अवधिसम्ममा आइपुग्दा कम्पनी भने २ करोड ७५ लाख २३ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।
यस्तै, समिक्षा अवधिमा कम्पनीले १५ करोड ८६ लाख रुपैयाँ निक्षेप संकलन, ८७ करोड ८६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने रिजर्भ कोषमा २ करोड १५ लाख रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ७ करोड ६० लाख रुपैयाँ रहेको छ भने समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५८ पैसा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ३३ पैसा रहेको छ ।
प्रतिक्रिया