काठमाडौं-साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से) हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेण्ट एण्ड डेभलभमेन्ट (एचआईडीसीएल)को सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
कारोबार सुरु भएको सवा एक घण्टासम्मको अवधीमा नेप्सेमा कम्पनीको १० लाख ७१ हजार ७३३ कित्ता शेयर खरिदमाग भएको छ भने ९७ हजार ६३२ कित्ता शेयर बिक्रीमाग भएको हो ।
यस्तै, सोही अवधीसम्म कम्पनीको शेयरमूल्य १.५७ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.३२३ पुगेको छ ।
प्रतिक्रिया