सामुदायिक लघुवित्तको नाफा एक वर्षमा लाखबाट करोड, प्रतिशेयर आम्दानी रु.३२.४१

४ बर्ष अगाडि

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनामा साढे २ करोड बढी नाफा कमाएको छ । 

संस्थाले चालु आर्थिक वर्षको पुस महिनासम्ममा २ करोड ५८ लाख ७ हजार खुद नाफा आर्जन गरेको हो । गत वर्ष यसै अवधिसम्ममा संस्थाको नाफा ४५ लाख ९३ हजार रुपैयाँ रहेको थियो । गत वर्ष यसै अवधिको तुलनामा संस्थाको नाफा ४६१.८८ प्रतिशतले बढेको हो । संस्थाले हालै सार्वजनिक गरेको  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो । 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको खुद ब्याज आम्दानी १२.८६ प्रतिशतले बढेर ६ करोड १ लाख ५७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष ५२ लाख ३० हजार रुपैयाँ संचालन नोक्सानमा रहेकोे कम्पनीको यस अवधिमा भने बढेर ३ करोड ९७ लाख ४० हजार रुपैयाँ संचालन नाफा कमाएको छ ।

समिक्षा अवधिमा कम्पनीको रिजर्भ कोषमा ९ करोड २२ लाख ३९ हजार रुपैयाँ, कर्जा लगानी १ अर्ब ४७ करोड ३५ लाख ६६ हजार र निक्षेप संकलन ५४ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।

हाल कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ भने समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसाबाट बढेर ३९ रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया