पुस महिनामा कनेक्ट आईपीएसबाट करिब साढे २ खर्बको कारोबार, क्युआर र एटिएमबाट कति ?

४ बर्ष अगाडि

काठमाडौैै- पुस महिनामा कनेक्ट आईपीएस मार्फत करिब साढे २ खर्बको कारोबार भएको छ । 

पुस महिनामा कनेक्ट आईपीएस मार्फत २ खर्ब ४७ अर्बको कारोबार भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार मङ्सिर महिनामा २ खर्ब २८ अर्बको कारोबार भएको थियो । 

पुस महिनासम्ममा  कनेक्ट आईपीएसका ग्राहक ७ लाख ६४ हजार पुगेका छन् । मङ्मसिर महिनामा यो संख्यामा ७ लाख ४० हजार थियो । 

क्युआर कोड मार्फत भने पुसमा ६ अर्ब ५२ करोडको कारोबार भएको छ । मङ्सिरमा क्युआर कोड मार्फत भएको कारोबार ६ अर्ब २८ करोड कारोबार भएको थियो । 

पुस महिनामा एटिएम मार्फत हुने कारोबार पनि बढेको छ । मङ्सिरमा एटिएमबाट ५९ अर्ब ९० करोड नगद निकालिएकोमा पुसमा भने ६९ अर्ब २९ करोड नगद निकालिएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया