धितोपत्र बोर्डको अध्यक्षमा तीनजनाको नाम सिफारि, को को ?

४ बर्ष अगाडि

काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीनजनाको सिफारिस गरिएको छ। 

अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको हिजो बसेको बैठकले सेबोन अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस गरेको अर्थ मन्त्रालय स्रोत बताउँछन्।

सेबोनको अध्यक्ष पदमा १५ जनाको आवेदन परेको थियो । तीमध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। 

सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेका ५ जनामध्ये निरज गिरी र खगेन्द्र कटुवाल सेबोनको अध्यक्ष हुने दौडबाट बाहिरिएका छन्। 

स्रोतका अनुसार सिफारिस गरिएकामध्ये सेबोनको अध्यक्षमा हमालको नियुक्ति हुने सम्भावना प्रबल छ ।

सर्वोत्तम सिमेन्ट शेयरको भित्री कारोबार प्रकरणमा मुछिएपछि भीष्मराज ढुंगानालाई सरकारले गत असोजमा बर्खास्त गरेपछि सेबोनको अध्यक्ष पद लामो समयदेखि रिक्त छ। जसका कारण सेबोनबाट हुने कामकारबाही प्रभावित भएका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया