एलआइसीले करिब ८ अर्ब अमेरिकी डलर बराबरको आइपीओ जारी गर्दै

४ बर्ष अगाडि

काठमाडौं-भारत सरकारद्वारा सञ्चालित लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआइसी) ले करिब ८ अर्ब अमेरिकी डलर बराबरको आइपीओ जारी गर्ने भएको छ । एलआइसीले ५ प्रतिशत शेयर बिक्री गर्नका लागि अनुमति माग्दै भारतीय नियामकसमक्ष विवरणपत्रको मस्यौदा पनि पेश गरेको छ ।  

एलआइसीले ३१ करोड ६२ लाख भन्दा बढी कित्ता शेयर बिक्री गर्ने योजना बनाएको छ । उक्त आइपीओ बिक्री भएमा भारत सरकारले ६ खर्ब भारतीय रुपैयाँ (७.९७ अर्ब अमेरिकी डलर) पुँजी जुटाउनेछ । 

एलआइसी भारतको सबैभन्दा ठूलो बिमा कम्पनी हो भने विश्वका ठूला ५ बिमा कम्पनीहरुमध्ये एकमा पर्दछ । गत सेप्टेम्बरसम्मको तथ्यांक अनुसार एलआइसीमा १ लाख ५ हजार भन्दा बढी पूर्णकालीन कर्मचारीहरु रहेका छन् । प्रिमियमका आधारमा यस कम्पनी एक्लैले भारतीय जीवन बिमा बजारको ६० प्रतिशत हिस्सा ओगटेको छ । 
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया