काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा थप ७४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ जनामा कोरोना परीक्षण भएको थियो । यस्तै २३१९ जना निको भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ७३ हजार ५४१ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जनामा पुगेको छ ।
संक्रमितमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना निको भएका छन् । यस्तै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९०० जना पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमित २० हजार ७३९ जना रहेका छन् ।
प्रतिक्रिया