गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक, यस्ता छन् विशेषता

४ बर्ष अगाडि

काठमाडौं- गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने उद्देश्यका साथ ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ। 

न्यूनतम रु. १ हजार मौज्दातमा सुरु गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ) निक्षेप खाता हो। यस निक्षेप योजनाअन्तर्गत ५ वर्ष वा सोभन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दतिबराबरको ब्याजदरको फाईदा लिन सकिनेछ। 

यसका साथै यस निक्षेप योजनाअन्तर्गत योजनाअवधिभित्र आफ्नो अनुकूलताअनुसार जति पनि रकम जम्मा गर्न सकिन्छ भने आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दतिबराबरको ब्याजदर पाइनेछ। 

बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर प्रदान गर्न लागेको हो। यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक तर एकमुष्ठ ठूलो रकम जम्मा गराउन भने सम्भव नभएका ग्राहकका लागिसमेत यस क्रमिक रुपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुनेछ। 

४ बर्ष अगाडि

प्रतिक्रिया