सम्हालिने प्रयासमा नेप्से, झिनो अंकले बढेर हरियो बिन्दुमा अड्यिो

४ बर्ष अगाडि

काठमाडौं- साताको दोस्रो कारोबारको दिन (सोमबार) शेयरमा झिनो अंकले बढेर हरियो बिन्दुमा अडिएको छ ।  हिजो १०० अंक भन्दा धेरैले घटेको बजार आज अन्तिममा हरियो भएर बन्द भएको हो। 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०८ अंकले बढेर २७००.९८ विन्दुमा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.३६ अंकले घटेर ५११.३० विन्दुमा झरेको छ ।

कारोबारमा आएका कूल २२७ वटा कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रूपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहको शेयर घटेको छ भने बाँकी ८ वटा उपसमूहको शेयर घटेको छ । 

त्यसैगरी, सोमबार कारोबारमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड अब्बल रहेको छ । कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार रूपैयाँ बराबरको कारोबार भएको हो । 

आज बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेड शेयरमूल्य सबैभन्दा धेरै बढेको छ । कम्पनीको शेयरमूल्य ८.१३ प्रतिशतले बढेर ६ सय ६५ रूपैयाँ पुगेको छ ।

यस दिन मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको शेयरमूल्य ३.८५ प्रतिशतले घटेर ५ सय ७५ रूपैयाँ कायम भएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया