६ महिना बाँकी हुँदै बीमा दायरा विस्तारको लक्ष्य पुरा, ३५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा

४ बर्ष अगाडि

काठमाडौं - बीमा पहुँच विस्तारमा सरकारले राखेको लक्ष्य पुरा भएको छ । चालु आर्थिक वर्ष सकिन ६ महिना बाँकी हुँदै बीमा दायरा विस्तारको लक्ष्य पुरा भएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस आर्थिक वर्ष भित्रै बीमा पहुँच एक तिहाई जनसंख्यामा पुर्याउने घोषण गरेको थियो । उक्त सरकारले राखेको लक्ष्य ६ महिनामै पुरा भएको छ ।

बीमा समितिको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुससम्ममा म्यादी बीमा र बैदेशिक रोगजार बीमा सहित ३५ प्रतिशत जनसंख्या बीमाको पहुँचमा पुगेको छ । यो सरकारले चालु आर्थिक वर्ष भित्र पुर्याउने लक्ष्य भन्दा १.६७ प्रतिशतले बढी हो ।

बजेट सार्वजनिक गर्दै सरकारले चालु आर्थिक वर्षभित्र ३३.३३ प्रतिशत जनसंख्यामा बीमाको पहुँच विस्तार गर्ने योजना सार्वजनिक गरेको थियो । चालु आर्थिक वर्षको पुसम्ममा जीवन बीमालेख संख्या (म्यादी र बैदेशिक रोजगार बीमाले बाहेक) ४५.३१ प्रतिशतले बढेर ४५ लाख ८८ हजार २८६ वटा बीमालेख जारी गरेको समितिको तथ्यांक छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया