किप्टोकरेन्सीको कारोबार गर्नेलाई ब्युरोको निगरानी, संलग्न हुनेलाई कडा कारवाहीको चेतावनी

४ बर्ष अगाडि

काठमाडौं - केन्द्रिय अनुसन्धान ब्युरोले क्रिप्टोकरेन्सी जस्ता प्रतिवन्धित कारोबार नगर्न सजग गराएको छ । 

ब्युरोले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी, हाइपरफण्ड तथा डिजिटल नेटवर्किङ लगायतको कारोबार नेपालमा प्रतिवन्धित रहेको र त्यस्तामा कारोबारमा संलग्न नहुन भनेको हो ।

साथै किप्टोकरेन्सीको कारोबार गर्नेहरुको ब्युरोले निगरानी गरिरहेको जनाएको छ । यस अघि ब्युरोले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको भन्दै केही कारोबारीलाई कारवाही समेत गरिसकेको जनाएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया