१५.७८९५ प्रतिशत लाभांश पारित गर्न जानकी फाइनान्सले फागुन ७ गते बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - जानकी फाइनान्सले २५औँ वार्षिक साधारणसभा बोलाएको छ । सभा फागुन ७ गते होटल मानकी इन्टरनेशनल प्रा।लि।, शिवचौक, जनकपुरधाममा बिहान १० बजेदेखि शुरु हुनेछ ।

सभाले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद गरि कुल १५.७८९५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले जनाएको छ ।

सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब लगायतका प्रतिवेदन पारित गर्ने, संस्थापक तर्फ ३ र सर्वसाधारणतर्फ २ जना गरि ५ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ २४ गतेदेखि फागुन ६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ २३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया