महालक्ष्मी लाइफले ६० लाख कित्ता आईपीओ निष्कासन गर्दै, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

४ बर्ष अगाडि

काठमाडौं- महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी दुई अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरको ६० लाख कित्ता शेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले शेयर निष्कासन गर्न सानिमा क्यापिटल लिमिटेडलाई शेयर बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसे र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया