युनाइटेड मोदी हाइड्रोपावरले फागुन २६ गते बोलायो साधारण सभा, फागुन ४ गतेसम्म कायम शेयरधनी मात्र  भाग लिन पाउने

३ बर्ष अगाडि

काठमाडौं - युनाइटेड मोदी हाइड्रोपावरले साधारणसभा बोलाएको छ । साभा फागुन २६ गतेका लागि बोलाइएको हो । 

साधारणभाले सर्वसाधारण शेयरधनी समुहको तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने भएको छ । दुई जना मध्येबाट एक जना महिला सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका रहेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाहको विवरण लगायत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने सामान्य प्रस्ताव रहेको छ ।

साधारणसभा प्रयोजनका लागि फागुन ५ गते एक दिन बुक क्लोज हुनेछ । फागुन ४ गतेसम्म कायम शेयरधनी साधारणसभामा भाग लिन पाउनुका साथै सञ्चालकको उमेदवारका लागि योग्य हुने छन् । साधारणसभा भर्चुअल माध्यमबाट विहान ११ बजे सुरु हुनेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया