बलेफी हाइड्रोपावरको १८ लाख २७ हजार बढि कित्ता आईपीओमा आवेदन दिने संकलन केन्द्र थप, कहिले सम्म दिन सकिन्छ  ?

४ बर्ष अगाडि

काठमाडौं - बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) मा आवेदन दिने संकलन केन्द्र थप गरेको छ । कम्पनीले माघ २७ गतेबाट आयोजना प्रभावित क्षेत्रका स्थानिहरुका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । 

कम्पनीको आईपीओमा यसअघि कुमारी बैंक जलबिरे शाखा, एनसीसी बैंक ढाँडे शाखा, ग्लोबल आईएमई बैंक चौतारा शाखा, लक्ष्मी बैंक चौतारा शाखा, लक्ष्मी बैंक खाडिचौर र महालक्ष्मी विकास बैंक खाडिचौर शाखाबाट आवेदन दिन सकिने व्यवस्था गरिएकोमा अब सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखाबाट पनि आवेदन दिन सकिने भएको हो ।

कम्पनीको जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेको हो । जसमध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजनाबाट प्रभावित क्षेत्रहरू कमशः जुगल गाउँपालिका वडा नं. २,३ र ४ (साविकको गोल्चे गा.वि.स., गुम्बा गा.वि.स. र पाङताङ गा.वि.स.) का लागि ६० प्रतिशत अर्थात १० लाख ९६ हजार ७८२ कित्ता र आयोजनाको १३२ के.भि. प्रशारण लाइनबाट प्रभावित योगय कमशः जुगल गाउँपालिकाको वडा न. ५ र ७, बलेफी गाउँपालिकाको वडा नं १, ३, ६ तथा ७ र सुनकोशी गाउँपालिकाको बडा नं. ७ का लागि ४० प्रतिशत अर्थात ७ लाख ३१ हजार १८८ कित्ता आईपीओ निष्कासन गरिएको हो । 

आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले आईपीओमा छिटोमा फागुन १२ गते र ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया