काठमाडौं - छ्याङ्दी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १० बराबर ३ अनुपातमा १०० रुपैयाँ अंकित दरमा माघ ११ गतेबाट कुल ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।
कम्पनीले हकप्रद निष्कासन गर्ने प्रयोजनका लागि पौष २१ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, पौष २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, छ्याङ्दी हाइड्रोपावर लिमिटेडको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरबाट पनि हकप्रद भर्न सकिन्छ ।
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेको छ ।
प्रतिक्रिया