काठमाडौं - कन्सुलर सेवा विभागले पालिका तहबाटै सेवा दिने तयारी गरेकोे छ । विभागले कागजात प्रमाणीकरण र उद्धारको काम गर्दै आएको छ ।
काठमाडौंमा एक मात्र केन्द्रीय कार्यालय रहेको विभागबाट प्रदान गरिने सेवा लिन सेवाग्राही विभिन्न जिल्लाबाट काठमाडौं आउनुपर्ने बाध्यता छ । त्यसले उनीहरूलाई आर्थिक भार बढाएको गुनासोहरु आइरहेका छन् । विभागले यसै वर्षको भदौदेखि स्थानीय तहसँगको सहकार्यमा अनलाइन सेवा दिन शुरूवात गरेको थियोे ।
अनलाइनबाट सेवा लिन आफ्नो वेबसाइटमा लगईन गरेर सेवाग्राहीले आफ्नो फोन नम्बर, पासपोर्ट नम्बर वा नागरिकता नम्बरबाट निवेदन दिन सकिने बताएको छ । विदेशमा रहेका नेपालीलाई सहजै सेवा दिन भाइबर र ह्वाट्सएपजस्ता सामाजिक सञ्जालको प्रयोग गर्न सक्ने व्यवस्था गर्न लागिएको पनि विभागले जनाएको छ ।
प्रतिक्रिया