काठमाडौं - एप्पल वर्ल्ड मोबाइलले भ्यालेन्टाइन डे को अवसर पारेर नयाँ तथा पुराना मोबाइलको एक्सचेञ्ज अफर ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी पुराना मोबाइल राखेर नयाँ मोबाइल दिनेछ ।
मर्कन्टाइल प्लाजा, दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइलमा सञ्चालन हुने उक्त अफरमा दश हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरु एक्सचेञ्ज तथा खरीद गर्न सकिनेछ । एप्पल, सामसुङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो, कुल प्याड लगायतका मोबाइलहरुमा अफर लागू हुने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ ।
यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपी अनिवार्य रुपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलले जनाएको छ । यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुनेछ ।
साथै एकै पटक रकम भुक्तान गर्न नसक्ने सेवाग्रहीले किस्ताबन्दीमा शुन्य प्रतिशत व्याजदरमा मोबाइल तथा अन्य उपकरणहरु खरिद गर्न सक्ने छन् ।
प्रतिक्रिया